PRABHU BANK

धौलागिरी लघुवित्त वित्तीय संस्थाको नाफामा १८४३.३३ प्रतिशतको छलाङ

dhaulagiri laghubitta

  • बैंकिङ संसार

काठमाडौं । धौलागिरी लघुवित्त वित्तीय संस्थाले वित्तीय विवरण सार्वजनिक गरेको छ । कम्पनीले चालु आर्थिक वर्षको पहिलो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको हो । कम्पनीले पहिलो त्रैमाससम्म आईपुग्दा ९७ लाख ७५ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ ।

 गत वर्ष यस कम्पनीले ५ लाख ३ हजार रुपैयाँ मात्र खुद नाफा आर्जन गरेको थियो । जुन गत वर्षको भन्दा यस वर्षको नाफ १८४३.३३ प्रतिशतले धेरै हो । यस्तै कम्पनीको खुद ब्याज आम्दानी पनि २९.०५ प्रतिशतले बढेर २ करोड ३४ लाख पुगेको छ ।

गत वर्ष यस कम्पनीले खुद ब्याज आम्दानी १ करोड ८१ लाख रुपैयाँ आर्जन गरेको थियो । गत वर्ष ८ लाख ४१ हजार रुपैयाँ मात्र सञ्चालन नाफा गरेको कम्पनीले यस वर्ष ११४०.७८ प्रतिशतले बढाएर १ करोड ४ लाख ३५ हजार रुपैयाँ पुर्याएको छ । कम्पनीले ५७ करोड ५९ लाख रुपैयाँ निक्षेप संकलन गरेको छ भने १ अर्ब ३८ करोड रुपैयाँ कर्जा लगानी गरेको छ । 

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै