PRABHU BANK

कामना सेवा विकास बैंक र एफवान सफ्ट इन्टरनेसनलबीच सम्झौता, ५० जनाले टप-अप जित्न सक्ने

काठमाडौँ । कामना सेवा विकास बैंक र एफवान सफ्ट इन्टरनेशनल बीच एक सम्झौता भएको छ । बैंक र एफवानले ग्राहकहरुलाई लक्षित गरी विभिन्न योजना सम्बन्धी एक समझदारी पत्रमा हस्ताक्षर गरेका हुन् ।

सम्झौता अनुसार कामना सेवा विकास बैंकको मोबाईल बैंकिङमा रजिष्ट्रर गरी कुनै पनि रकमको टप-अप गर्ने मध्ये भाग्यशाली ५० जना ग्राहकहरुले रु ५० रुपैयाँको टप-अप जित्न सक्नेछन् । कम्पनीका अनुसार यो अफर नयाँ ग्राहकहरुलाई मात्र मान्य हुने छ ।

त्यसैगरी, ग्राहकहरुले न्यूनतम १ सय रुपैयाँको टप-अपमा वा कुनै पनि डाटा प्याक खरिद गर्दा २ जना भाग्यशाली विजेताले लक्की-ड्र मार्फत इयरबर्डस जित्न सक्नेछन् । यो अफर नयाँ तथा पुराना ग्राहकहरु दुवैलाई मान्य हुनेछ ।

यसैगरी, कारोबार गर्ने ग्राहकहरु मध्ये एकजना लक्की विजेताले स्मार्टफोन जित्न सक्नेछन् । यो योजना जेठ मसान्त भर लागू हुनेछ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै