PRABHU BANK

गुराँस लघुवित्त वित्तीय संस्थाको छैठौं वार्षिक साधारणसभा सम्पन्न, प्रस्तावित १७.७८ प्रतिशत लाभांश पारित

gurans laghubitta

  • बैंकिङ संसार

काठमाडौं । गुराँस लघुवित्त वित्तीय संस्थाको वार्षिक साधारणसभा सम्पन्न भएको छ । कम्पनीको छैठौं वार्षिक साधारणसभा कात्तिक २४ गते बुधबार सम्पन्न भएको हो । उक्त सभाले १७.७८ प्रतिशत लाभांश दिने प्रस्ताव पारित गरेको छ ।

 कम्पनीले आर्थिक वर्ष २०७७/७८ सम्मको नाफाबाट चुक्ता पुँजीको १६।९० प्रतिशत बोनस सेयर र ०.८८ प्रतिशत नगदसहित १७.७८ प्रतिशत लाभांश दिने निर्णय गरेको थियो । साथै सभाले आर्थिक वर्ष २०७७/०७८ को संचालक समितिको प्रतिवेदन, लेखापरीक्षण भएको आव २०७७/०७८ को वासलात, नाफा नोक्सान हिसाब, नगद प्रवाह विवरण सहित वित्तीय विवरणहरु तथा संस्थाको प्रबन्धपत्र तथा नियमावलीका विभिन्न दफाहरु संशोधनको प्रस्ताव पनि पारित गरेको छ ।

कम्पनीले संस्थापक समूह ‘क’ अन्तर्गत रिक्त रहेका ४ जना संचालकहरुमा उदयनारायण बराल, अशोक गौतम, राजु प्रसाद अधिकारी र विजय कुमार दाहाललाई निर्विरोध निर्वाचित गरेको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै