PRABHU BANK

७ अर्बले बढ्यो वाणिज्य बैंकहरुको निक्षेप संकलन

काठमाडौँ । वाणिज्य बैंकहरूको निक्षेप संकलन बढेको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांक अनुसार एक सातामा वाणिज्य बैंकहरूको निक्षेप संकलन ७ अर्बले बढेको हो ।

कुल निक्षेपमा वाणिज्य बैंकहरूको निक्षेप ५४ खर्ब ६८ अर्ब रुपैयाँ रहेको छ । वैशाख २५ गतेसम्म वाणिज्य बैंकहरूको कुल निक्षेप ५४ खर्ब ६१ अर्ब रहेको थियो ।

अघिल्लो साताको तुलनामा वाणिज्य बैंकहरूको निक्षेप संकलन ७ अर्ब रुपैयाँले बढेको हो ।

त्यसैगरी अन्य वित्तीय संस्थाको निक्षेप भने स्थिर रहेको छ । अन्य वित्तीय संस्थाको निक्षेप ७ खर्ब १४ अर्ब रुपैयाँ रहेको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै