PRABHU BANK

एक्सेल डेभलपमेन्ट बैंकद्धारा २७ हजार २५७.२० कित्ता हकप्रद सेयर बिक्री खुला

excel development
  • बैंकिङ संसार
काठमाडौं । एक्सेल डेभलपमेन्ट बैंकको २७ हजार २५७.२० कित्ता हकप्रद सेयर आज बुधबारदेखि लिलामीमा बिक्री खुला भएको छ । बैंकले सर्वसाधारण समूहको सो सेयर लिलामीमार्फत बिक्री खुला गरेको हो ।
सो सेयरमा लगानीकर्ताले न्यूनतम १०० रुपैयाँलाई आधार मानेर प्रतिस्पर्धात्मक बोलपत्रमा सहभागी हुनुपर्नेछ । न्यूनतम १ सय कित्तादेखि अधिकतम सबै कित्ताका लागि आवेदन दिन सकिनेछ । सो सेयरमा आवेदन दिने अन्तिम म्याद भने पुस ७ गतेसम्म रहेको छ ।
बैंकले यसअघि असोज २५ देखि कात्तिम २१ गतेसम्म २४ लाख ३३ हजार ३६३.६७ कित्ता ३०% हकप्रद सेयर बिक्री खुला गरेको थियो । सो अवधिमा बिक्री नभएको सेयर बैंकले अहिले लिलामीमा ल्याएको हो ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै