- बैंकिङ संसार
काठमाडौं । महुली लघुवित्त वित्तीय संस्थाले संस्थापक सेयर बिक्री गर्ने भएको छ । कम्पनीका संस्थापक सेयरधनीले आफ्नो नाममा रहेको १८ हजार ६ सय कित्ता संस्थापक सेयर बिक्री गर्न निवेदन दिएकाले संस्थाले उक्त सेयर बिक्री गर्न लागेको हो ।
उक्त सेयरको मूल्य बिक्रताले तोके बमोजिम हुने संस्थाले जनाएको छ ।  संस्थापक सेयर खरिद गर्न इच्छुक संस्थापक शेयरधनीहरुलाई सूचना प्रकाशन भएको मितिले ३५ दिनभित्र संस्थाको केन्द्रिय कार्यालय, महुली, सप्तरीमा आइपुग्ने गरी निवेदन दिन आग्रह गरेको हो ।
	
 
								 
								 
								 
								 
								 
								
 
								 
			
 
									 
									 
									 
								 
								