National

२१ वटा कनेक्ट आइपिएस र ९८ वटा बैंक खातामा वानएक्स बेटको अवैध कारोबार, बैंकहरु पनि निगरानीमा

काठमाडौँ । २१ वटा कनेक्ट आइपिएस र ९८ वटा बैंक खाता खोलेर वान एक्स बेटमार्फत विभिन्न खेलमा सट्टेबाजी खेलाएको आरोपमा तीन जनालाई पक्राउ परेका छन् । प्रहरीको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले यस्तो कार्यमा संलग्नहरुलाई पक्राउ गरेको हो ।

कार्यालयका प्रवक्ता, प्रहरी उपरीक्षक रवीन्द्र रेग्मीका अनुसार पक्राउ पर्नेमा सर्लाही मलंगवाका ३१ वर्षीय सञ्जयकुमार साह, १९ वर्षीय रामजी साह र ३० वर्षीय राकेश चौधरी छन् ।

पक्राउ परेका तीनैजनामाथि थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

पक्राउ परेकाहरुबाट विभिन्न बैंकका चेकबुक लगायतका सामग्रीसमेत बरामद भएको छ । यता यस विषयमा बैंकहरुमासमेत निगरानी बढाएको प्रहरीको भनाई छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै