PRABHU BANK

‘अर्थतन्त्र सुधारउन्मुख छ, कसैले आत्तिनुपर्दैन’ : गभर्नर अधिकारी

काठमाडौँ । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले अर्थतन्त्र सुधारउन्मुख रहेको बताएका छन् । कर्पोरेट नेपाल डटकमको १०औँ बार्षिकोत्सवको अवसरमा बोल्दै उनले यस्तो बताएका हुन् ।
उनले यस्तो अवस्थामा कोहि पनि आत्तिनु नहुनेसमेत बताएका छन् । ‘देश एकदिन समृद्ध हुनुपर्छ । अहिले गाह्रो छ, तर कोहि निराश हुनुहुँदैन ।’ कार्यक्रममा बोल्दै गभर्नर अधिकारीले भने ।
कार्यक्रममा बोल्दै उनले अर्थतन्त्रलाई अझ सुधार गर्न सबै मिलेर अघि बढ्नुपर्नेमा जोड दिएका छन् । कार्यक्रममा बोल्दै उनले अर्थतन्त्रको यस्तो अवस्थामा कोहि उद्योगीले पनि कर्मचारी कटौती गर्न नहुनेसमेत बताएका छन् । उनले यस्तो अवस्थामा बैंकहरुले पनि लगानी थप्नुपर्ने र कर्मचारीसमेत थपेर अघि बढ्नुपर्ने बताएका छन् ।
‘समस्या आयो भन्दैमा खल्तीबाट कलम ननिकाल्ने गरियो भने कसैको भलो हुँदैन ।’ कार्यक्रममा बोल्दै गभर्नरले भने ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै