PRABHU BANK

विदेशबाट नेपाल फर्किनेलाई खुसीको खबर, नबिल बैंकले दिंदैछ १० करोडसम्म ऋण, ब्याज १०.११ प्रतिशत

काठमाडौँ । के तपाईं विदेशमा सिप सिकेर नेपाल फर्कने सोचमा हुनुहुन्छ ? वा अव विदेश छोडेर नेपालमै केहि काम गर्ने सोचमा हुनुहुन्छ ? यदी हुनुहुन्छ भने, तपाईंका लागि निकै खुसीको खबर छ । नेपाली बैंकहरुमध्ये अब्बल बैंकका रुपमा परिचित नबिल बैंक लिमिटेडले तपाईंलाई नयाँ काम गर्न सजिलै ऋण दिने भएको छ ।
पुरानामध्येको नबिल बैंकले विदेशमा सिप सिकेर फर्केका नेपालीका लागि सरल ब्याजदरमा उद्यम कर्जा दिन थालेको छ ।
बैंकका अनुसार यसरी विदेशमा सिप सिकेर नेपाल फर्किएकाहरुलाई बैंकले १० करोड रुपैयाँसम्म सहजै कर्जा दिनेछ । बैंकका अनुसार बैंकले तपाईंको काम हेरेर १५ लाखसम्म, १६ लाखदेखि १ करोडसम्म, १ करोडदेखि ५ करोडसम्म र ५ करोडभन्दा माथि १० करोडसम्म गरेर विभिन्न स्ल्याब बनाएर कर्जा दिनेछ ।
तीन दिनमै सहजै पाइने सो कर्जाका लागि ऋण लिन चाहानेले आफ्नो योजना बैंकमा प्रस्तुत गर्नुपर्नेछ । बैंकले सो योजनाको सम्भाव्यता हेरेर ऋण प्रवाह गर्नेछ । यो कर्जा कुल १० बर्षे अवधिको हुनेछ भने बैंकले आधार दरमा १.५ प्रतिशत प्रिमियम जोडेर ब्याज लिनेछ । बैंकको अहिलेको आधार दर ८.६१ छ । अर्थात ८.६१ मा १.५ प्रतिशत थपेर हुन आउने   १०. ११ प्रतिशत ब्याजमा सो ऋण बैंकले प्रवाह गर्नेछ ।
यो ऋणमा तपाईंको परियोजनालाई नै बैंकले धितोको रुपमा लिन सक्छ भने आवश्यक परेको खण्डमा थप धितो सुरक्षणसमेत बैंकले लिन सक्ने बताइएको छ ।  स्थानीय अर्थतन्त्रलाई टेवा पुर्याउन र साना व्यवसायीहरुलाई सहयोग तथा समर्थन गर्न बैंकले यस्तो ऋण योजना ल्याएको बताइएको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै