prabhu

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको किचलो उत्कर्षमा, अदालतले नै चुनाव स्थगित गरिदिएपछि तनावमा संचालक समिति

काठमाडौँ । नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको किचलो उत्कर्षमा पुगेको छ । बैंकको संचालक समितिको सदस्य बन्न उम्मेद्वारी दिएकाहरुमध्ये अधिकांश अयोग्य भएको भन्दै प्राध्यापक डा.तारा सापकोटाले हालेको रिटमाथि सुनुवाई गर्दै सर्वोच्च अदालतले निर्वाचन प्रक्रिया रोक्न आदेश दिएपछि बैंकभित्रको किचलो सतहमा आएको हो ।

डा.सापकोटाले सर्वोच्चमा दायर गरेको रिटमा नेपाल इन्भेष्टमेन्ट मेगा बैँक लिमिटेड, बैंकको संचालक समिति, संचालक समितिको निर्वाचन गराउन नियुक्त गरिएका निर्वाचन अधिकृत शिव कुमार श्रेष्ठ, बैंकका अध्यक्ष पृथ्वी बहादुर पाँडेसहित संचालकका उम्मेदवारहरु प्रजन्य राजभण्डारी, मुक्तिराज पाण्डे, मदनकुमार आचार्य, बरुण श्रेष्ठ, पर्वतकुमार कार्की र रवि महर्जनलाई विपक्षी बनाइएको थियो । सो मुद्धामा सुनुवाई गर्दै अदालतले निर्वाचन रोक्न आदेश दिएपछि निर्वाचन नभई बैंकको साधारणसभामात्र सम्पन्न भएको छ ।

 अदालतले चैत्र २३ गतेका लागि विपक्षीहरुलाई छलफलमा बोलाएको छ । विपक्षीहरुलाई अदालतले छलफलमा बोलाएपछि यो केस झन् पेचिलो बनेको छ । सापकोटाको दाबी गलत भए र संचालकका उम्मेदवारहरु योग्य भएको स्थितिमा केस सामान्य रुपमा अघि बढेपनि दाबी गरिए अनुसार उनीहरु अयोग्य नै ठहरिए यो केस झन् पेचिलो बन्ने पक्कापक्की छ । अदालतले अयोग्य दाबी गरिएका मदन आचार्यलाई अयोग्य नै ठहर गरे उनले यसअघि संचालकको हैसियतले बैंकमा गरेको काम कार्वाहीको आधिकारिकता के हुन्छ भन्ने विषय झनै पेचिलो बनेको छ ।

Shangrila Dev Bank
Citizen Life Insurance
Himalayan life insurance

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै