PRABHU BANK

आईईएलटीएस परीक्षाशुल्क भुक्तानी अब ई–सेवाबाटै

काठमाडौं – अन्तरराष्ट्रिय शिक्षा क्षेत्रमा सेवा प्रदान गर्दै आएको संस्था आईडीपी एजुकेशनले नेपालमा सञ्चालन गर्दै आएको आईईएलटीएस परीक्षाको शुल्क भुक्तानी ई–सेवामार्फत गर्न सकिने भएको छ । अनलाइन भुक्तानीसम्बन्धी सम्झौतापत्रमा आईडीपी आईईएलटीएसका नेपाल प्रमुख कविर खड्की र ई–सेवा फोनपे प्रालिका प्रमुख सञ्चालन अधिकृत रोशन लामिछानेबीच हस्ताक्षर भएको हो ।
आईडीपीले नेपालमा काठमाडौंलगायत पोखरा, चितवन, बुटवल, विराटनगर र विर्तामोडमा परीक्षा सञ्चालन गर्दै आएको छ । १९ हजार ५ सय रुपैयाँ रहेको परीक्षाशुल्क ई–सेवाको मोबाइल एप, वेबसाइट वा कुनै पनि नजिकैको ई–सेवा जोन पोइन्टमा गई भुक्तानी गर्न सकिने कम्पनीले बताएको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै