prabhu

सनराइज बैंकको २०७६ सालको क्यालेन्डर विमोचन

 Sunrise Bank

काठमाडौं – बैंकको केन्द्रीय कार्यालय, गैरिधारामा गरिएको उक्त क्यालेण्डर विमोचनमा बैंकले अन्नपूर्ण पोष्ट दैनिकको अंकुर र नागरिक दैनिकको जुनकीरि पृष्ठमा, १ वर्ष भित्र प्रकाशित विभिन्न विद्यालयमा अध्ययनरत कक्षा १ देखि कक्षा ५ सम्मका बालबालिकाहरुका चित्रहरूलाई आफ्नो क्यालेन्डरमा समावेश गर्दै आएको छ ।
स–साना बालबालिकाहरुले आफ्ना मानसपटलमा रहेका सोच, जिज्ञासा तथा रचनाहरुलाई चित्रकारीताको माध्यमबाट अभिव्यक्त गरेकोमा बालबालिकाको प्रतिभालाई अझै प्रस्फुटन र प्रोत्साहन गर्ने उद्देश्यले बैंकले उक्त चित्रहरूलाई समावेश गरेको हो ।
उक्त विमोचन समारोहमा बैंकका संचालक समितिका सदस्यहरु ई.बच्छराज तातेड, शारदा शर्मा पुडासैनी, दीपक नेपाल, ओम कृष्ण जोशी तथा प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्राचार्यद्वारा बालबालिकाहरुलाई प्रोत्साहन स्वरुप नगद तथा खाद्य सामाग्रीहरु प्रदान गरेका थिए ।
सो अवसरमा बालबालिका तथा निजका अविभावकहरूले बैंकको यस्तो फरक सोच तथा कार्यले स–साना बालबालिकालाई थप प्रोत्साहित तथा प्ररेणा मिल्ने विचार व्यक्त गर्दै बैंकलाई धन्यबाद दिए ।

Shangrila Dev Bank
Citizen Life Insurance
Himalayan life insurance

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै