prabhu

जाजरकोटको शिवालयमा गाँउपालिकामा पनि सिभिल बैंकको शाखा, करबीर शाहीले गरे उद्घाटन

 Civil Bank

काठमाडौँ – सिभिल बैंक लिमिटेडले जाजरकोट जिल्लाको शिवालय गाँउपालिकामा शाखा स्थापना गरेको छ । सो शाखाको उद्घाटन कर्णाली प्रदेश सभा सदस्य करबीर शाहीले गरे ।
उक्त शाखाको उद्घाटन समारोहमा प्रमुख अतिथि तथा कर्णाली प्रदेश सभा सदस्य कर बीर शाही, सिभिल बैंकका प्रमुख माईक्रो बंैकिङ युवराज गुरागाईं, जाजरकोट जिल्ला समन्वय समितिका प्रमुख मनबहादुर रावल, शिवालय गाउँपालिकाका अध्यक्ष नरेन्द्रकुमार शाही, शिवालय गाउँपालिकाका उपाध्यक्ष कुमारी थापा, शिवालय गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत धनीराम शर्मा लगायतको उपस्थिति रहेको थियो ।
उद्घाटन कार्यक्रमका प्रमुख अतिथि तथा कर्णाली प्रदेश शाहीले ग्रामीण भेगमा बैंकको शाखा बिस्तार हुँदा बित्तीय साक्षरताको अभिबृद्धी हुने र यसरी नै सबैको सहयोग मिलेमा देशमा आर्थिक सम्बृद्धी आउने बताए । उक्त कार्यक्रममा सिभिल बैंकका यूवराज गुरागाईंले ग्रामीण भेगको आर्थिक विकासको लागि बैंक अपरिहार्य रहेको बताए ।

Shangrila Dev Bank
Citizen Life Insurance
Himalayan life insurance

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै