सानिमा बैंक लिमिटेडद्वारा सरसफाई कार्यक्रम सम्पन्न

 sanima-bank
  • बैंकिङ संसार
काठमाडौँ – समुदाय–प्रहरी साझेदारी कार्यक्रमअन्तर्गत सानिमा बैंक, सशस्त्र प्रहरी गण नं १, नक्साल, महानगरीय प्रहरी वृत्त कमलपोखरी, सामुदायिक सेवा केन्द्र तथा सामुदायिक प्रहरी सेवा, नक्सालद्वारा संयुक्त रुपमा नक्साल, नारायणचौर स्थित नन्दिकेश्वर बगैंचा सरसफाई गरिएको छ।
करिब १९ रोपनी क्षेत्रफल रहेको यस पार्क नक्साल लगायत वरिपरिका स्थानीय बासिन्दाहरुको बिहानी तथा साझपख ब्यायाम गर्ने, विश्राम गर्ने, बालबालिकाको लागि बिभिन्न मनोरञ्जक खेल खेल्ने, साथीभाई भेटघाट गर्ने स्थानको रुपमा प्रसिद्घ रहेको छ ।
सामुदायिक सेवा केन्द्रका अध्यक्ष नरेन्द्र बहादुर श्रेष्ठले नन्दिकेशरी बगैंचाको पुर्नस्थापना देखि नै सानिमा बैंकको निरन्तर सहयोग प्राप्त रहेको जनाई, सोको लागिआभार प्रकट गरे ।
बैंकका प्रमुख कार्यकारी अधिकृत भुवन दहालले नन्दिकेशरी बगैंचाको नजिकै रहि काम गर्न पाएकोमा सानिमा बैंकका कर्मचारी भाग्यमानी रहेको बताए । साथै उक्त बगैंचाले नक्सालको शोभा बढाएको कुरा ब्यक्त समेत गरे । सरसफाई कार्यक्रममा प्रहरी प्रशासन तथा स्थानिय बासिन्दाको सहभागिता रहेकोमा सबैलाई धन्यवाद ज्ञापन गर्दै आगामी दिनहरुमा पनि यस्तो कार्यक्रम आयोजना गर्ने जनाए ।
हालसम्म बैंकले ७८ वटा शाखा, १ एक्सटेन्सन काउन्टर तथा ७३ वटा एटिएम मार्फत आफ्ना ग्राहकहरुलाई बैंकिङ सेवा प्रदान गर्दै आइरहेको छ ।

HIMALAYAN LIFE
Shangrila Dev Bank

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै