MAX TIGER

मिथिला लघुवित्तले कुल १० प्रतिशत लाभांश दिने, सेयरधनीहरु मख्ख !

काठमाडौँ। मिथिला लघुवित्त वित्तीय संस्थाले लाभांश दिने घोषणा गरेको छ। लघुवित्तले आर्थिक वर्ष २०८२-८३ कालागि लाभांश दिने घोषणा गरेको हो ।

लघुवित्तको सञ्चालक समितिको बैठकले उक्त आर्थिक वर्षको वितरणयोग्य सञ्चित मुनाफाबाट सेयरधनीहरुलाई हाल कायम चुक्तापुँजी २५ करोड ५८ लाख ४३ हजार ६२१.८५ रुपैयाँको कुल १० प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको हो।

जसमा ९.५० प्रतिशतले हुन आउने २ करोड ४३ लाख ५ हजार १४४.०८ रुपैयाँबराबरको बोनस सेयर र कर प्रयोजनार्थ ०.५० प्रतिशतले हुन आउने १२ लाख ७९ हजार २१८.११ रुपैयाँ नगद लाभांश छन्।

उक्त लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृतिपछि आगामी वार्षिक साधारणसभाबाट अनुमोदन गरी सेयरधनीहरुलाई वितरण गरिनेछ।

HIMALAYAN LIFE
Banking Sansar Mobile App

प्रतिक्रिया दिनुहोस्