MAX TIGER

बैंकहरुको मुद्दति निक्षेपमा बीमा कम्पनीहरुको लगानी झण्डै ७ खर्ब, सर्वसाधारणको ५६ खर्ब २४ अर्ब ५० करोड निक्षेप !

काठमाडौँ। बैंकहरुको मुद्दति निक्षेपमा बीमा कम्पनीहरुको लगानी बढेको पाइएको छ।  नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०८३-८४ को पहिलो त्रैमाससम्मको तथ्यांक अनुसार एक वर्षको अवधिमा बैंकहरुको मुद्दति निक्षेपमा बीमा कम्पनीहरुको लगानी २.१ प्रतिशतले बढेको हो।

बैंकहरुको मुद्दति निक्षेपमा बीमा कम्पनीहरुले ६ खर्ब ७९ अर्ब ५३ करोड ९ लाख रुपैयाँ लगानी गरेका छन्।

हाल १४ वटा जीवन बीमा, १४ वटा निर्जीवन बीमा, ४ वटा लघु निर्जीवन बीमा, ३ वटा लघु जीवन बीमा र २ वटा पुनर्बीमा कम्पनी रहेका छन्। मुद्दति निक्षेपका रुपमा वाणिज्य बैंक र पूर्वाधार बैंकमा गरी कुल लगानीयोग्य रकमको ३० प्रतिशत, विकास बैंकमा १० प्रतिशत र फाइनान्स कम्पनीमा ५ प्रतिशत लगानी गर्न पाउने प्रावधान रहेको छ।

त्यस्तै, असोजसम्म कर्मचारी सञ्चय कोषले बैंकहरुको मुद्दति निक्षेपमा १ खर्ब ८१ अर्ब ३९ करोड २१ लाख रुपैयाँ लगानी गरेका छन् भने बैंकहरुमा सर्वसाधारणको ५६ खर्ब २४ अर्ब ५० करोड ७८ लाख रुपैयाँ निक्षेप रहेको छ।

HIMALAYAN LIFE
Banking Sansar Mobile App

प्रतिक्रिया दिनुहोस्