काठमाडौँ। जनउत्थान सामुदायिक लघुवित्त वित्तीय संस्थाको प्रमुख कार्यकारी अधिकृत (सिइओ) मा कुलमणि तिम्सिना नियुक्त भएका छन्। मंसिर ३ गते बसेको लघुवित्त सञ्चालक समितिको २४९औँ बैठकले उनलाई सो पदमा नियुक्त गरेको हो।
उनको नियुक्ति आगामी मंसिर १६ गतेदेखि लागू हुनेछ। उनलाई चार वर्षका लागि करार सेवामा नियुक्त गरिएको हो।
सिइओ पद रिक्त रहेकाले लघुवित्तको सञ्चालक समितिले नयाँ सिइओ नियुक्त गरेको हो ।



