काठमाडौँ। इसेवाले एनपीएलको टिकट बेच्ने क्रममा ग्राहकलाई हदैसम्मको ठगी गरिरहेको पाइएको छ । सिजनल पासमा जर्सी दिने भनेर टिकट बेचिएको तर टिकटसँगै जर्सी नदिएर इसेवाले ठगी गरेको पाइएको हो ।
इसेवा पछिल्लो समय सबैभन्दा बढी विवादमा तानिएको वालेट कम्पनी हो ।
नेपाल राष्ट्र बैंकले पनि इसेवामा निकै धेरै कैफियत रहेको भन्दै प्रतिवेदनसमेत तयार गरेको थियो । इसेवाले ठगी गरेको पाइएपछि इसेवाका ग्राहक आक्रोशित बनेका छन् ।



