काठमाडौँ। नेपाल लाइफ इन्स्योरेन्समा बीमा गरेकाहरुलाई दुखको खबर छ । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले अदालत र बीमा प्राधिकरणले दिनु भनेको बीमा दाबीसमेत नदिने गरेको खुलासा भएको हो ।
आफुलाई कम्पनीले बीमा दाबी नदिएपछि पिडित बीमा प्राधिकरण गएको, प्राधिकरणले बीमा दाबी दिनुभन्दा पनि कम्पनी दाबी नदिई बरु अदालत गएको, र अदालतले समेत पिडितका पक्षमा फैसला गर्दा पनि नेपाल लाइफले बीमा दाबी नदिएको भेटिएको हो ।
कम्पनीका सूचना अधिकारीले भने यस विषयमा बोल्न नै चाहेका छैनन् । नेपाल लाइफ इन्स्योरेन्स पछिल्लो समय विभिन्न प्रकरणमा विवादमा तानिएपछि कम्पनीले फोन नउठाउने र पछि मात्र लिखित रुपमा आफ्नो काम चलाउ तर्क दिने गरेको छ । नेपाल लाइफ इन्स्योरेन्सका काण्डहरु एक एक गरी बाहिर आउन थालेपछि कम्पनीले त्यसकोदोष विज्ञापन एजेन्सीलाई दिएर एजेन्सी नै परिवर्तन गरेको छ ।
कम्पनीले म्याक्स मिडिया नामक विज्ञापन एजेन्सीले विभिन्न मिडियासँग सम्बन्ध बिगारेका कारण समाचार आएको हुनसक्ने आशंका गर्दै म्याक्स मिडियालाई छाडेर अर्कै एजेन्सी परिवर्तन गरेको पाइएको छ ।



