काठमाडौँ। एनआईसी एशिया बैंकमा कार्यरत कर्मचारी क्यामुना खत्रीको असामयिक निधन भएको छ। बैंकद्वारा प्रकाशित शोक वक्तव्यअनुसार खत्रीको वि.सं. २०८३ साल कार्तिक २८ गते असामयिक निधन भएको हो।
खत्रीको निधनले बैंक परिवार स्तब्ध भएको छ। दिवंगत आत्माको चिरशान्तिको कामना गर्दै बैंक परिवारले भावपूर्ण श्रद्धाञ्जली अर्पण गरेको छ।
साथै, शोकसन्तप्त परिवारजनप्रति गहिरो समवेदना व्यक्त गर्दै यस दु:खद घडीमा धैर्यधारण गर्ने शक्ति प्राप्त होस् भन्ने कामना बैंकले गरेको छ। यो हेर्नुहोस्:





