काठमाडौँ। स्रोत नखुलेको नगदसहित तीन जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा जयराम केसी भोजपुरका दिपक खड्का र प्रज्वल रिजाल रहेका छन्।
स्रोत नखुलेको १ करोड ६७ लाख रुपैयाँभन्दा बढी नगदसहित उनीहरू ललितपुरबाट पक्राउ परेका छन्।
प्रहरीले स्रोत नखुलेको नेपाली नगद १ करोड ६७ लाख ३३ हजार २३० रुपैयाँ बरामद गरेको हो। हाल उनीहरूको थप अनुसन्धान भईरहेको छ।



