काठमाडौँ। अर्थमन्त्री स्वर्णिम वाग्लेले नेपाल राष्ट्र बैंक ऐन, २०५८ लाई संशोधन गर्न बनेको विधेयकमाथि अझै थप छलफल गर्नुपर्ने बताएका छन्। अर्थ समितिको बैठकमा विधेयकमाथि दफावार छलफलका क्रममा उनले यस्तो बताएका हुन्।
उनले नेपाल राष्ट्र बैंक ऐन, २०५८ लाई संशोधन गर्न बनेको विधेयकमाथि थप छलफल आवश्यक रहेको पनि उल्लेख गरेका छन् ।
सरकार अहिले बजेट कार्यान्वयनको चरणमा रहेको जानकारी दिँदै उनले बजेटमा उल्लेख भएका कार्यक्रम तथा कानुन निर्माणलाई प्राथमिकताका साथ अघि बढाइएको जनाएका छन्।
प्रधानमन्त्रीसँग हाम्रो कार्यसम्पादन सम्झौता भएको र मूलत: बजेटमा गरिएका प्रतिबद्धताहरूलाई नै हामीले लिपिबद्ध गरेको अर्थमन्त्री स्वर्णिम वाग्लेले बताएका छन्।



