काठमाडौँ । नेप्सेको सीइओमा विवादित छवि भएका बैंकर प्रताप सुवेदी नियुक्त भएका छन् । कृषि बिकास बैंकको जागिर खाएर, बजारमा खुलेजति भ्याकेन्सीमा आवेदन दिने पात्रका रुपमा परिचित उनी पार्टी परिवर्तन गरेर नेप्सेको सीइओ बनेका हुन् ।
उनी लामो समयदेखि अर्कै पार्टीमा थिए । अरु पार्टीमा हुँदा कसैले नपत्याएपछि उनी रास्वपा समर्थक बनेका थिए । उनी यसअघि राष्ट्रिय बाणिज्य बैंकको सीइओ बन्न पनि लागेका थिए । उनी त्यहाँ फालिएका थिए । नेपाल बैंकको सीइओ बन्न पनि उनी लागि परेका थिए । त्यहाँ पनि उनी फालिएका थिए ।
कृषि विकास बैंकका विभिन्न कर्जा प्रवाहमा अनुचित काम गरेको केसमा समेत जोडिएको आरोप लागेका उनले नेप्सेमा कस्तो काम गर्लान् ? त्यो भने हेर्न बाँकी नै छ । उनी समय अनुसार कहिले एमाले, कहिले काँग्रेस त कहिले माओवादी समर्थक बन्दै आएका थिए । अहिले भने उनी रास्वपा समर्थक बनेर नेप्सेको सीइओ बनेका हुन् ।



