काठमाडौँ। चेक अनादर मुद्दामा एक जना व्यक्ति पक्राउ परेका छन्। पक्राउ पर्नेमा प्रविता भण्डारी सुवेदी रहेका छन्।
२ वर्ष कैद फैसला भई फरार रहेका ४५ वर्षिय प्रविता भण्डारी सुवेदी चेक बाउन्स मुद्दामा पक्राउ परेका हुन्।
चेक अनादर मुद्दामा सम्मानित काभ्रेपलाञ्चोक जिल्ला अदालतको मिति २०७४-११-१५ गतेको फैसलाले बिगो २० लाख वापत २ (दुई) वर्ष कैदमा राख्ने भनि ठहर भई उनी फरार रहेका थिए।



