कामना सेवा विकास बैंक मैत्रीपूर्ण फुटसलको उपाधि नाफिजलाई

काठमाडौँ। कामना सेवा विकास बैंकले आयोजना गरेको मैत्रीपूर्ण फुटसलको उपाधी नेपाल आर्थिक पत्रकार संघ (नाफिज) ले जितेको छ । शनिबार काठमाडौमा भएको खेलको उपाधी नाफिजले उचालेको हो ।

लिगका आधारमा खेलाइएको खेलमा नाफिजले ४ अंक सहित उपाधि जितेको हो । नाफिज अपराजित रुपमा उपाधि जितेको हो । पहिलो खेलमा नेपाल आर्थिक पत्रकार समाज (सेजन) लाई पराजित गरेको नाफिजले दोस्रो खेलमा इकोनोमिक मिडिया एसोसिएसन (इमान) सँग बराबरी खेल्यो ।

पहिलो खेलमा नाफिजले सेजनलाई १-० ले पराजित गरेको हो । खेलमा नाफीजका सुदर्शन श्रेष्ठले गरेको एक मात्रै गोल निर्णायक बन्यो । पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलको दोस्रो हाफमा अमिर श्रेष्ठको पासमा सुदर्शने उत्कृष्ट गोल गरेका थिए । जुन गोल नाफिजलाई उपाधि जिताउन नै प्रयाप्त भयो ।

दोस्रो खेलमा इमानसँग गोलरहित बराबरी खेल्दै नाफिज अपराजित रहन पुग्यो । सेजनले इमानलाई १-० ले नै पराजित गरे पछि नाफिजले उपाधि जित्न सफल भयो । इमालाई हराएको सेजन दोस्रो भयो । इमानले तेस्रो स्थान हासिल गरेको छ । विजेता टिमलाई ट्रफी र मेडल प्रदान गरियो भने अन्य दुई टिमले पनि मेडल प्राप्त गरे ।

HIMALAYAN LIFE
Banking Sansar Mobile App

प्रतिक्रिया दिनुहोस्