एभरेष्ट बैंकको नाफा ६.२३ प्रतिशतले बढ्यो, कमायो १ अर्ब २५ करोड २७ लाख नाफा, ईपीएस कति ? (विवरणसहित)

काठमाडौँ। एभरेष्ट बैंकले वित्तीय विवरण सार्वजनिक गरेको छ। बैंकले चालु आर्थिक वर्ष २०८३-८४ को पहिलो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको हो ।

यस अबधिमा बैंकले १ अर्ब २५ करोड २७ लाख खुद नाफा कमाएको छ । अघिल्लो वर्ष २०८२-८३ को असोजसम्ममा बैंकले १ अर्ब १७ करोड ९२ लाख रुपैयाँ खुद नाफा कमाएको थियो।

अहिले बैंकको नाफा ६.२३ प्रतिशतले बढेको छ। बैंकले  पहिलो त्रैमाससम्ममा १ अर्ब ७८ करोड ९७ लाख रुपैयाँ सञ्चालन मुनाफा गरेको छ। चालु वर्ष असोजसम्म बैंकको खुद ब्याज आम्दानी २ अर्ब ३७ करोड १४ लाख रुपैयाँ रहेको छ। जुन अघिल्लो वर्षको तुलनामा १.३५ प्रतिशतले घटेको छ।

बैंकको वितरणयोग्य मुनाफा ३ अर्ब ८७ करोड ८ लाख रुपैयाँ, चुक्तापुँजी १४ अर्ब ४० करोड ७४ लाख रुपैयाँ रहेको बैंकको रिटेन्ड अर्निङमा ३ अर्ब ८७ करोड ८ लाख रुपैयाँ र जगेडामा १६ अर्ब ४९ करोड ४६ लाख रुपैयाँ रहेको छ।

त्यस्तै, बैंकले ३ खर्ब ३६ अर्ब ६२ करोड रुपैयाँ निक्षेप संकलन गरी २ खर्ब ४४ अर्ब ६१ करोड रुपैयाँ कर्जा लगानी गरेको छ। बैंकको प्रतिसेयर आम्दानी (ईपीएस) ३४.७८ रुपैयाँ, पीई रेसियो २०.६७ गुणा र प्रतिसेयर नेटवर्थ २४३.०१ रुपैयाँ रहेको बैंकले सार्वजनिक गरेको विवरणले देखाएको छ।

HIMALAYAN LIFE
Banking Sansar Mobile App

प्रतिक्रिया दिनुहोस्