कामना सेवा विकास बैंकका सिइओ दिनेश थकाली डेभलपमेन्ट बैंकर्स एसोसिएसन नेपालको अध्यक्षमा नियुक्त

काठमाडौँ । कामना सेवा विकास बैंकका सिइओ दिनेश थकाली डेभलपमेन्ट बैंकर्स एसोसिएसन नेपालको अध्यक्षमा नियुक्त भएका छन् । थकालीलाई संघको २१औँ वार्षिक साधारण सभाले सर्वसम्मत रुपमा अध्यक्षमा नियुक्त गरेको हो । 

थकालीको नेतृत्वमा ९ सदस्यीय नयाँ कार्यसमितिसमेत निर्विरोध चयन भएका छन् । संघको उपाध्यक्षमा गरिमा विकास बैंकका सिइओ माधव प्रसाद उपाध्याय, सचिवमा ज्योति विकास बैंकका सिइओ कपिल ढकाल र कोषाध्यक्षमा महालक्ष्मी विकास बैंकका सिइओ दिपेश लम्साल निर्वाचित भएका छन् ।

यता संघको कार्यसमिति सदस्यमा मुक्तिनाथ विकास बैंकका सिइओ तारा मानन्धर, लुम्बिनी विकास बैंकका सिइओ सुमन आचार्य, सांग्रिला डेभलपमेन्ट बैंकका सिइओ रबिन सिजापति, ग्रीन डेभलपमेन्ट बैंकका सिइओ हरिबहादुर बुढाथोकी र मितेरी डेभलपमेन्ट बैंकका सिइओ अनन्त कुमार चापागाईं निर्वाचित भएका छन् ।

कार्यसमितिको सदस्यहरूमा मुक्तिनाथ विकास बैंकको प्रमुख कार्यकारी अधिकृत तारा मानन्धर, लुम्बिनी विकास बैंकका प्रमुख कार्यकारी अधिर्कत सुमन आचार्य, साङ्ग्रिला डेभलपमेन्ट बैंकका प्रमुख कार्यकारी अधिकृत रबिन सिजापति, ग्रिन डेभलपमेन्ट बैंकका प्रमुख कार्यकारी अधिकृत हरिबहादुर बुढाथोकी र मितेरी डेभलपमेन्ट बैंकको प्रमुख कार्यकारी अधिकृत अनन्त कुमार चापागाईं निर्वाचित भएका छन् ।

HIMALAYAN LIFE
Banking Sansar Mobile App

प्रतिक्रिया दिनुहोस्