PRABHU BANK

नव आदर्श विद्यालयलाई लक्ष्मी बैंक र लक्ष्मी केयर्सको सहयोग !

 laxmi bank
  • बैंकिङ संसार 
काठमाडौँ । लक्ष्मी बैंकले काठमाडौं वसन्तपुरस्थित नव आदर्श माध्यमिक विद्यालयका विद्यार्थीहरुका लागि २ लाख ४० हजार रुपैंयाको आर्थिक सहयोग गरेको छ । आर्थिक रुपले विपन्न परिवारका करिब २०० जना विद्यार्थीहरु अध्ययनरत नव आदर्श माध्यमिक विद्यालय सरकारी सहयोगमा समुदायबाट सञ्चालित विद्यालय हो ।
बैंकको कर्मचारीद्वारा सञ्चालित लक्ष्मी केयर्स नामक गैर सरकारी संस्थाको माध्यमबाट पचास हजार रुपैयाँ आर्थिक सहयोग पनि प्रदान गरेको छ । साथै बैंकको न्युरोड बिजनेस सेन्टरको १२औं वार्षिकोत्सवका उपलक्ष्यमा बिजनेस सेन्टरमा कार्यरत कर्मचारीहरुबाट संकलित दस हजार रुपैयाँ र विद्यार्थीका लागि २० थान विद्यालय पोशाक समेत सहयोगस्वरुप प्रदान गरिएको बैंकले जनाएको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै