PRABHU BANK

ओम डेभलपमेन्ट बैंकद्धारा स्मार्ट यात्रा कार्ड वितरण शुरु !

om development bank
  • बैंकिङ संसार 
काठमाडौँ । ओम डेभलपमेन्ट बैंकले पोखरा क्षेत्रमा यात्रा स्मार्ट कार्ड वितरण शुरु गरेको छ । बैंकले पोखरामा संचालित सार्वजनिक यातायातका बसहरुमा प्रयोग हुने यात्रा स्मार्ट कार्ड वितरण शुरु गरेको हो ।
पोखरा महानगरपालिकाद्धारा आगामी २०७६ भदौ १ गते देखी महानगरपालिका भित्र सञ्चालन हुने सार्वजनिक यातायातका बसहरुमा ई टिकेटिङ लागु गर्न गइरहेको छ । यस प्रयोजनका लागी आवश्यक यात्रा स्मार्ट कार्ड जारी, वितरण तथा सार्वजनिक सवारीको दैनिक रुपमा हुने आम्दानीको सेटलमेन्टको काम ओम डेभलपमेन्ट बैंकले गर्ने बैकका प्रमुख कार्यकारी अधिकृत विश्व मोहन अधिकारीले बताए ।
पहिलो चरणमा पोखरा भित्रका स्कुल, कलेज अध्ययन गर्ने बिधार्थीहरु माझ वितरण सुरु गरिएको र लगत्तै पोखरा महानगर भित्रका सम्पूर्ण वडाहरु मार्फत सो कार्ड वितरण गरिने बताइएको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै