लुम्बिनी विकास बैंकले ५३ लाख रुपैयाँमा लिलाम गर्यो घर, स्थानीयले भित्राए घरमा पूर्वघरधनी, अब के हुन्छ ?

काठमाडौँ। लुम्बिनी विकास बैंकले लिलाम गरेको बुटवल मिलनचोकस्थित घरमा टोलवासी, नागरिक समाज तथा स्थानीय अभियानकर्मीले पूर्वघरधनीलाई भित्राएका छन्।बैंकले ५३ लाख रुपैयाँमा लिलाम गरेको उक्त घरमा टोलवासी, नागरिक समाज तथा स्थानीय अभियानकर्मीले पूर्वघरधनीलाई भित्राएका हुन्।

पूर्वघरधनीले छापाखाना सञ्चालनका लागि ४८ लाख रुपैयाँ बैंकबाट ऋण लिएका थिए। ऋणको ब्याजसहित ५८ लाख रुपैयाँ नतिरेपछि बैंकले घर लिलाम गरेको थियो।

बैंकले कम मूल्यमा घर लिलाम गरेर अन्याय गरेको भन्दै स्थानीयले पूर्वघरधनी दुर्गाबहादुर पौडेल र लक्ष्मी बस्नेत पौडेललै घरमा भित्राएको पाइएको हो। पूर्वघरधनीको लिलाम भएको घर सुर्खेत घर भएका गोविन्द लामिछानेले किनेको बुझिएको छ।

यता बैंकले भने पटक पटक ऋणीलाई ऋण तिर्न सूचना पठाउँदा पनि ऋण नतिरेपछि लिलाम प्रक्रिया अगाडि सरेको जनाएको छ।

HIMALAYAN LIFE
Banking Sansar Mobile App

प्रतिक्रिया दिनुहोस्