काठमाडौँ । लक्ष्मी सनराइज बैंक (तत्कालीन सनराइज बैंक)मा हुँदा ठगी र अपराधिक विश्वासघात गरेको अभियोगमा प्रभु बैंकका हालका सीइओ सुमन शर्माविरुद्ध फौजदारी मुद्धा दर्ता भएपछि शर्मा निलम्बनमा परेका छन् ।
नियामक नेपाल राष्ट्र बैंकबाट स्वीकृत भएको प्रभु बैंकको कर्मचारी विनियमावलीमा फौजदारी केस लागेपछि कर्मचारी स्वत: निलम्बन हुने व्यवस्था छ । सोहि व्यवस्था अनुसार शर्मा निलम्बनमा परेका हुन् ।

यद्यपी यस्तो केसमा सीइओलाई निलम्बनमा पर्दा अरु बैंकका सीइओहरु पनि पर्न सक्ने भन्दै राष्ट्र बैंकले सजगतापूर्वक शर्मालाई जोगाउन खोजेको पाइएको छ ।
शर्मालाई जोगाउन राष्ट्र बैंककै पूर्व हाकिमसमेत लविङ्गमा लागेको पाइएको छ । ऋण स्वीकृत गरेर ऋण नदिएको बरु, धितोचाहिं लिलामी गरेको भन्दै बैंकविरुद्ध पीडीत पक्ष प्रहरीकहाँ पुगेको थियो ।


लक्ष्मी सनराइज बैंकका कर्मचारी केदारविरुद्ध पक्राउ पूर्जी जारी !
लक्ष्मी सनराइज बैंकका क्रेडिट अपरेशन हेड रविन्द्र केसीलाई पक्राउ गर्न अदालतको अनुमति
लक्ष्मी सनराइज ठगी प्रकरण: सिइओ शाहविरुद्ध पनि जाहेरी दिएको पिडितको दाबी, पक्राउ पर्लान् ?
१२ दिनसम्म गुपचुप पक्राउ पूर्जी बैंककै कर्मचारी सुलसुले बन्दा मिडियामा पुग्यो, अनि भागे सुमन शर्मा !
प्रहरीको आँखा छलेर काठमाडौँबाट भागेका थिए प्रभुका सिइओ, बीरगंजमा भने ‘सेटिङ’ !



