कालो धन नियन्त्रणका लागि ५ सय र एक हजार दरका नोटहरूमाथि प्रतिवन्ध लगाउन सांसदहरुको माग

काठमाडौँ। सांसदहरुले मुलुकमा थुप्रिएको अवैध सम्पती र कालो धन नियन्त्रणका लागि ५ सय र एक हजार दरका नोटहरूमाथि प्रतिवन्ध (नोटबन्दी) लगाउन सरकारसँग  माग गरेका छन् । प्रतिनिधि सभा बैठकमा बोल्दै सांसदहरुले यस्तो माग गरेका हुन्।

रास्वपाका सांसद यज्ञमणि न्यौपानेलेपनि भ्रष्टाचार गरी थुपारिएको पैसालाई बैंकिङ प्रणालीमा ल्याउन वा खरानी बनाउन नोटबन्दीको विकल्प नरहेको जिकिर गरेका हुन्।

उनले भने, ‘भ्रष्टाचारीहरूले लुकाएको पैसा खरानी बनाउन र देशलाई सुशासनको मार्गमा अगाडि बढाउन सरकारले तत्काल नोटबन्दी गरी नयाँ नोट जारी गर्नुपर्छ ।’

उनको प्रश्तावलाई समर्थन गर्दै नेपाली कम्युनिस्ट पार्टीका प्रमुख सचेतक युवराज दुलालले शतप्रतिशत समर्थन जनाए । दुलालले आफ्नो दलका तर्फबाट नोटबन्दीका लागि आवश्यक परे सांसदहरूको हस्ताक्षर अभियान चलाउनसमेत तयार रहेको बताएका छन्।

HIMALAYAN LIFE
Banking Sansar Mobile App

प्रतिक्रिया दिनुहोस्