बैंकको ‘सिस्टम अपडेट’ को बहानामा ९३ हजार ठगी, १५ मिनेट मोबाइल ‘अफ’, खुलेपछि खाता रित्तियो ! (विवरणसहित)

काठमाडौँ। बैंकको सिस्टम अपडेट गर्ने बहानामा रकम ठगी गर्ने घटना बढिरहेको छ। बैंकको सिस्टम अपडेटको बहानामा एक व्यक्तिको ९३ हजार रुपैयाँ ठगी भएको पाइएको छ।

सामाजिक संजालमार्फत एक व्यक्तिले सन्देश कटुवालको नाममा रहेको खाताबाट करिब रु. ९३ हजार रकम ठगी भएको जनाएका छन्।

बेलुका करिब ५:३० बजे मोबाइलमा ‘सिस्टम अपडेट’ सम्बन्धी सूचना आएपछि त्यसमा मोबाइल बैंकिङ आईडी, पासवर्ड, मोबाइल नम्बर तथा ट्रान्जेक्सन पिनलगायतका विवरण प्रविष्ट गर्न भनिएको थियो।  विवरण प्रविष्ट गरेपछि मोबाइल करिब १५ मिनेटसम्म सञ्चालनमा नआएको र मोबाइल खुलेपछि बैंक खातामा रहेको रकम गायब भएको सो व्यक्तिले गुनासो गरेका छन्।

यस्ता घटनाबाट जोगिन ‘सिस्टम अपडेट’, बैंकिङ सेवा नवीकरण वा अन्य बहानामा आएका शंकास्पद सूचना, लिंक वा एपमा बैंकिङ विवरण, पासवर्ड, ओटीपी तथा ट्रान्जेक्सन पिन नदिन र आधिकारिक बैंकिङ माध्यमबाट मात्र सेवा प्रयोग गर्न सर्वसाधारणलाई आग्रह गरिएको छ।

सामाजिक संजालमा कतिपय व्यक्तिहरूले यो घटनाप्रति प्रतिकृया समेत दिएका छन्। 

एक व्यक्तिले गुनासो गर्दै भनेका छन्, ‘यसरी मोबाइल बैंकको एप अपडेट गर भनेर आउँछ अनि अपडेट्मा क्लिक गरेपछि तपाईंको मोबाइल स्विछ अफ हुन्छ र सिस्टम अपडेटिङ्ग भन्ने देखाउछ स्क्रीनमा लगभग १०-१५ मिनेटमा मोबाइल अन हुन्छ तर त्यतिबेलासम्म तपाईले जुन अपडेट गर्नुभएको मोबाईल बैकिङ्गबाट रकम गाएब भैसकेको हुन्छ बिना ओपिटी, अब तपाईंले बैंकमा सोधपुछ गर्दा रकम हराएको बारेमा जानकारी गराउदा बैंकले मोबाइल बैंकिङ्गको मालिक फोनपेलाई हामी जानकारी गराउछौ तपाईंले निवेदन दिनुहोस् भन्छन र साइवर ब्युरोमा पनि निवेदन दिन सुझाउछन् । तपाईंले निवेदन दिएपछी बैंकले फोनपेमा सबै जानकारी गराउछन् । फोनपेले हामी सबै बुझेर खबर गर्छौ भन्छन्,  तर केही जवाफ आउदैन मात्रै आउँछ हामिले साइवर ब्युरोमा जानकारी गराएका छौँ ।’

सो व्यक्तिले थप भने, ‘त्यसपछि तपाइले साइबर ब्युरोमा बुझ्दा हामी सम्बन्धित ब्यक्तिको खोजिमा छौं, पाएपछि खबर गर्छौं भन्ने जवाफ आउँछ, तर विडम्बना रकम मोबाइल बैंकिङ्गबाट हराएको २-३ महिना बितिसक्दा पनि न कुनै जवाफ आउँछ न रकम नै फिर्ता ? त्यसैले यसबाट यो प्रष्ट हुन्छ कि बैंक भनेको तपाईं हामिलाई रकम आफ्नो बैंकमा जम्मा गर्न विभिन्न प्रलोभन र स्किमहरु दिने, तपाई हामिले जम्मा गरेको रकम लगानी गरेर मनग्ये आम्दानी गर्ने ? तर तपाईं हाम्रो पैसा बैंकबाट अन्जान ब्यक्तिले चोरी गरेमा त्यसको जिम्मेवार नहुने यो कस्तो नियम हो ? अन्य राष्ट्रका बैंकहरुमा यसरी नचिनेका ब्यक्तिले रकम चोरी गरेमा बैंक जवाफदेही हुन्छ र हराएको रकम खातामा आउँछ तर हाम्रो देशमा आउँदैन । अहिले यसरी मोबाइल बैंक ह्याक गरि रकम चोरी हुनाको मुख्य कारण बैंकको कर्मचारीहरुको मिलेमतो थियो भन्ने बुझ्दा फरक नपर्ला ।’

HIMALAYAN LIFE
Banking Sansar Mobile App

प्रतिक्रिया दिनुहोस्