इसेवाको सिइओ बन्दै नबिल बैंक छाडेका निरज शर्मा !

काठमाडौं । केही समय अघि मात्र नबिल बैंक छाडेका निरज शर्मा इसेवाको सिइओ बन्ने भएका छन् । इसेवाले जगदिश खड्काको नविकरण रोकेर शर्मालाई इसेवाको प्रमुखको जिम्मा दिने भएको हो । इसेवाका अधिकारीहरुले इसेवामा शर्मा सिइओ बनेर आउन लागेको पुष्टि गरेका छन् ।

खड्काको कार्यकाल सकिन लाग्दा उनले कार्यकाल नविकरणका लागि प्रयास गरेका थिए । तर खड्काको नेतृत्वमा इसेवा झन् झन् कमजोर भएको निष्कर्षसहित कम्पनीले उनको कार्यकाल नविकरण नगर्ने भएको हो ।

निरज शर्मा लामो समयदेखि बैंकिङमा थिए । डिजिटल बैंकिङमा लामो अनुभव भएका उनलाई नबिल बैंकले कर्पोरेट अफेयर्स हेर्ने जिम्मा दिएको थियो । इसेवाले सिइओ प्रस्ताव गरेपछि उनले बैंक छाडेका थिए ।

तर, शर्माका लागि इसेवाको नेतृत्व सहज भने छैन । बजारको अस्वस्थ प्रतिष्पर्धा, इसेवाको खस्किँदो साख, प्राविधिक टोलीको असहयोग, हरेक महिनाजस्तो समस्या आउने कमसल सिष्टम र बजारमा देखिएको इसेवा- मिडिया वार उनका लागि चुनौति हुनसक्ने देखिएको छ । त्यसमाथि सिइओ जगदिश खड्काले पर्सनल्ली दुश्मनी साँधेपछि झन् झन् कडा रुपमा इसेवाका विरुद्ध लेखिरहेका केही मिडियाकर्मीसँगसमेत नराम्रो सम्बन्ध भएका शर्मालाई मिडिया व्यवस्थापनसमेत चुनौतिपूर्ण देखिने सम्भावना छ ।

शर्माकै पालामा एक अनुसन्धानमा आधारित मिडियाले झण्डै १ बर्ष लगाएर गरेको खोजमूलक अनुसन्धानको रिपोर्ट सार्वजनिक हुने तयारीले इसेवा ठूलो कर्पोरेट विवादमा पर्ने आँकलनका चर्चा भईरहेका बेला शर्माको कार्यकालमा इसेवा थप विवादमा पर्ने देखिएको छ । इसेवाले उनलाई खड्काले राजिनामा दिने बित्तिकै नियुक्ती गर्ने तयारी गरेको छ ।

HIMALAYAN LIFE
Banking Sansar Mobile App

प्रतिक्रिया दिनुहोस्