‘मेरो ईसेवा खाताबाट २१ हजार ९ सय रुपैयाँ हरायो, के सर्वसाधारणको रकम सुरक्षित छ ?’- सांसद बराल

काठमाडौँ। नेकपा (एमाले) की सांसद यशोदाकुमारी बरालले डिजिटल भुक्तानी प्रणालीमा विद्यमान सुरक्षा चुनौती र प्राविधिक समस्याप्रति सरकारको ध्यानाकर्षण गराएकी छिन्।  प्रतिनिधि सभाको बुधवारको बैठकमा ‘भुक्तानी तथा फस्र्यौट (पहिलो संशोधन) विधेयक, २०८३’ माथिको छलफलमा भाग लिँदै उनले आफ्नै ई-सेवा खाताबाट २१ हजार ९ सय रुपैयाँ हराएको व्यक्तिगत अनुभव सुनाउँदै सर्वसाधारणको रकम कति सुरक्षित छ भन्ने प्रश्न समेत गरेकी छिन्।

सांसद बरालले डिजिटल भुक्तानी अहिलेको अपरिहार्य आवश्यकता भएको स्वीकार गर्दै यसको प्रबर्धनमा आफ्नो पूर्ण समर्थन रहेको बताएकी हुन् ।

तर प्रणालीको सुरक्षा र उपभोक्ताले भोग्नुपरेका व्यावहारिक कठिनाइप्रति सरकार मौन रहन नहुने उन को भनाइ छ । उनले आफ्नै ई-सेवा खाताबाट २१ हजार ९ सय रुपैयाँ हराएको व्यक्तिगत अनुभव सुनाउँदै सर्वसाधारणको रकम कति सुरक्षित छ भन्ने प्रश्न गरिन् ।

सांसद बरालकाअनुसार अन्तर-बैंकिङ कारोबारमा देखिने सर्भर समस्या र तीन दिनसम्म भुक्तानी ‘वेटिङ’मा रहने अवस्थाले सेवाग्राहीलाई मारमा पारेको छ । विदेशी डिजिटल भुक्तानी कम्पनीहरूको प्रवेशलाई स्वागत गरे पनि त्यस्ता प्रणालीमा राष्ट्रिय सुरक्षा र डेटा गोपनीयताको सुनिश्चितता हुनुपर्ने उनको जिकिर छ ।

उनले सरकारलाई यस्ता प्रणालीका फाइदा र बेफाइदाबारे स्पष्ट हुन र उपभोक्ताको रकम सुरक्षित राख्न आवश्यक नीतिगत व्यवस्था गर्न आग्रह गरिन् ।

HIMALAYAN LIFE
Banking Sansar Mobile App

प्रतिक्रिया दिनुहोस्