१६० स्थानमा सामाजिक कार्य गर्दै जीवन विकास लघुवित्तले मनायो स्वयंसेवक दिवस

काठमाडौँ।  जीवन विकास लघुवित्त वित्तीय संस्थाले १६० स्थानमा सामाजिक कार्य गरी स्वयंसेवक दिवस मनाएको छ । लघुवित्तको मातृ संस्था जीवन विकास समाजको स्थापना दिवसको अवसर पारेर असोज ५ गते साेमबार ‘जीवन विकासको आह्वान देश विकासमा श्रमदान भन्ने मूल नाराका साथ ‘जीवन विकास स्वयंसेवक दिवस’ मनाएको हो ।

कोशी, मधेश र बागमती प्रदेशका ३१ जिल्लामा घरदैलोमा पुगेर वित्तीय सेवा प्रवाह गरिरहेको जीवन विकासको १६० वटा शाखा कार्यालयहरु छन् । सबै शाखा कार्यालयहरुले आफ्नो कार्यक्षेत्रमा विभिन्न कार्यक्रम आयाेजना गरेकाे लघुवित्तका प्रवक्ता सुदीपकुमार मण्डलले जानकारी दिए । स्वयंसेवक दिवसमा लघुवित्तले श्रमदान मार्फत १६ अतिविपन्न परिवारको घर पुन:निर्माण गरेकाे छ । शाखा कार्यालयहरुकाे अग्रसरतामा घर बनाउन नसक्ने अवस्थाका अतिविपन्न नागरिककाे घर पुन:निर्माण गरिदिएकाे हाे ।

जीवन विकासका ३६ वटा शाखाले विद्यालय सरसफाइ र खेलकुद कार्यक्रम गरेका छन् ।  २६ वटा शाखाले मन्दिर सरसफाइ, डस्टबिन वितरण तथा वृक्षारोपण  गरेका छन् । २३ वटा शाखाले विद्यालय सरसफाइ तथा वृक्षारोपण कार्यक्रम आयोजना गरेका छन् ।  १२ वटा शाखा कार्यालयले वृक्षारोपण कार्यक्रम आयोजना गरेका छन् ।  १९ स्थानमा मन्दिर सरसफाइ तथा डस्टबिन वितरण कार्यक्रम आयोजना गरेकाे छ । ५ वटा शाखाले बजार सरसफाइ तथा डस्टबिन वितरण कार्यक्रम आयोजना गरेका छन् ।

चार वटा शाखाले शाखाको कार्यक्षेत्र भित्र रहेका ४ वटा अति विपन्न परिवारलाई सहयोग गरेका छन् । २ स्थानमा चौतारी निर्माण गरेकाे छ । ५ वटा शाखाले  बजार सरसफाइ तथा वृक्षारोपण गरेका छन् । शाखा कार्यालयहरुले सार्वजनिक भवन सरसफाइ तथा वृक्षारोपण, खेलमैदान सरसफाइ तथा वृक्षारोपण कार्यक्रम, वृद्धाश्रमलाई खाद्यान्य  सहयोग, इको भिलेजमा वृक्षारोपण, एक स्थानमा प्रहरी कार्यालय सरसफाइ गरेका छन् ।

जीवन विकासले आयोजना गरेको सामाजिक कार्यक्रमहरुमा जनप्रतिनिधि, थ्री जिरो क्लब, नवविहानी समूह, लघुवित्तका कर्मचारी, स्थानीय नागरिक समाजका अगुवा र लघुवित्तका सदस्यहरु सहभागी थिए । २०७२ सालमा आयोजित सदस्य सम्मेलनबाट जीवन विकासले श्रमदान गरेर स्वयंसेवक दिवस घोषणा गरेको थियो । २०७३ सालदेखि समुदायमा श्रमदानको भावना विकास गर्नका लागि  निरन्तर रुपमा स्वयंसेवक दिवस मनाउँदै आएको जीवन विकास लघुवित्तका प्रमुख कार्यकारी अधिकृत संजयकुमार मण्डलले जानकारी दिए ।

HIMALAYAN LIFE
Banking Sansar Mobile App

प्रतिक्रिया दिनुहोस्