बैंकिङ कसुर तथा ठगी सम्बन्धी मुद्दामा बिरबल तामाङ्ग पक्राउ

काठमाडौँ। बैंकिङ कसुर तथा ठगी सम्बन्धी मुद्दाका फरार प्रतिवादी पक्राउ परेका छन्। पक्राउ पर्नेमा बिरबल तामाङ्ग रहेका छन्।

उनीमाथि बैंकिङ कसुरका ९ वटा मुद्दा र ठगी सम्बन्धी कसुरमा एउटा मुद्दा लागेको छ।

बैंकिङ कसुर भन्नाले बैंक तथा वित्तीय संस्थासँग सम्बन्धित कारोबारमा प्रचलित कानुनको उल्लङ्घन गरी गरिने गैरकानुनी कार्यलाई बुझिन्छ। नेपालमा बैंकिङ कसुरलाई मुख्य रूपमा बैंकिङ कसुर तथा सजाय ऐन, २०६४ ले नियन्त्रण गरेको छ। पर्याप्त रकम नभएको अवस्थामा चेक जारी गर्नु, अर्काको खाताबाट अनधिकृत रूपमा रकम निकाल्नु, नक्कली कागजात प्रयोग गरी बैंकिङ सुविधा लिनु, बैंकिङ कारोबारमा ठगी वा जालसाजी गर्नु तथा बैंकबाट प्राप्त कर्जाको दुरुपयोग गर्नुजस्ता कार्य बैंकिङ कसुरअन्तर्गत पर्न सक्छन्।

यस्ता कसुर प्रमाणित भएमा कसुरको प्रकृतिअनुसार जरिवाना, कैद वा दुवै सजाय हुन सक्छ। बिरबल तामाङ्गमाथि पनि सोहि मुद्दा परेको थियो ।

प्रहरीले दिएको जानकारी अनुसार हाल बिरबल तामाङ्ग प्रहरीको नियन्त्रणमा छन्। प्रहरीले दिएको सूचना हेर्नुहोस्: 

banking crime

HIMALAYAN LIFE
Banking Sansar Mobile App

प्रतिक्रिया दिनुहोस्