काठमाडौँ। नेपाल इन्भेष्टमेण्ट मेगा बैंकका अध्यक्ष धरौटीमा रिहा भएका छन्। बैंकका अध्यक्ष पृथ्वी बहादुर पाण्डे ४० लाख धरौटीमा रिहा भएका हुन्।
सरकारी स्वामित्वमा पुगिसकेको सम्पत्ति लिलाम गरेको प्रकरणमा नेपाल इन्भेष्टमेन्ट मेगा बैंकका अध्यक्ष पृथ्वी बहादुर पाण्डेसहितका संचालकहरुविरुद्ध पक्राउ पूर्जी जारी भएको थियो। उनी पक्राउ पनि परेका थिए ।
स्मार्ट सेलको सम्पत्ति गैरकानुनी रुपमा लिलाम गर्न स्वीकृति दिएको भन्दै उनीहरुविरुद्ध पक्राउ पूर्जी जारी भएको थियो।
तर, हाल भने उनलाई काठमाडौँ जिल्ला अदालतका न्यायाधीश नवराज दुलालको इजलासले ४० लाख धरौटीमा रिहा गरेको छ। यो पनि हेर्नुहोस्:
नेपाल इन्भेष्टमेन्ट मेगा बैंकका अध्यक्षविरुद्ध पक्राउ पूर्जी जारी



