नेपाल इन्फ्रास्ट्रक्चर बैंक बन्यो नेपाल बैंकर्स संघको पहिलो एसोसिएट सदस्य

काठमाडौँ। नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेड (निफ्रा) नेपाल बैंकर्स संघको पहिलो एसोसिएट सदस्य बनेको छ। निफ्रा संघको एसोसिएट सदस्यका रूपमा औपचारिक रूपमा आबद्ध भएको हो।

निफ्राको आबद्धतासँगै पूर्वाधार वित्तसँग सम्बन्धित विषयलाई सरोकारवालासमक्ष सामूहिक रूपमा उठाउन तथा यस क्षेत्रमा साझा धारणा निर्माण गर्न थप आधार तयार भएको संघले जनाएको छ।

निफ्राले पूर्वाधार वित्त तथा लगानीका क्षेत्रमा हासिल गरेको अनुभव र विशेषज्ञतालाई संघका अध्ययन, अनुसन्धान, नीति संवाद तथा ज्ञान आदानप्रदानका गतिविधिमा उपयोग गर्न सकिने पनि संघले जनाएको छ।

HIMALAYAN LIFE
Banking Sansar Mobile App

प्रतिक्रिया दिनुहोस्