स्वरोजगार लघुवित्त र विन नेपाल लघुवित्त मर्ज, भदौ २१ गतेदेखि एकीकृत कारोबार सुरु, नाम ‘स्वरोजगार लघुवित्त’ नै रहने !

काठमाडौँ। स्वरोजगार लघुवित्त वित्तीय संस्था लिमिटेडले विन नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडलाई प्राप्ति (एक्विजिशन) गरेको छ।  स्वरोजगार लघुवित्त वित्तीय संस्था लिमिटेडले विन नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडलाई प्राप्ति गरी भदौ २१ गते आइतबारदेखि एकीकृत कारोबार सञ्चालन गर्ने भएको हो ।

संस्थाले एक सूचना जारी गर्दै  प्राप्तिसम्बन्धी आवश्यक प्रक्रिया पूरा गरी सम्बन्धित नियामक निकायबाट अन्तिम स्वीकृति प्राप्त भएपछि एकीकृत कारोबार सुरु गर्न लागिएको जनाएको छ ।

एकीकृत कारोबार भने ‘स्वरोजगार लघुवित्त वित्तीय संस्था लिमिटेड’ कै नामबाट सञ्चालन हुनेछ। यो हेर्नुहोस्:

notice nrb

HIMALAYAN LIFE
Banking Sansar Mobile App

प्रतिक्रिया दिनुहोस्