प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सांग्रिला डेभलपमेन्ट बैंकको ७० लाख सहयोग

काठमाडौँ। सांग्रिला डेभलपमेन्ट बैंकले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा आर्थिक सहयोग गरेको छ। बैंकले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ७० लाख सहयोग रकम प्रदान गरेको हो ।

भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकहरूको राहत तथा पुन:स्थापनाका लागि सांग्रिला डेभलपमेन्ट बैंकले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ७० लाख सहयोग रकम प्रदान गरेको छ।

सामाजिक उत्तरदायित्वप्रति प्रतिबद्ध बैंकले कठिन परिस्थितिमा प्रभावित नागरिकहरूको पीडामा साथ दिने तथा राहत र पुन:स्थापना कार्यलाई थप प्रभावकारी बनाउन योगदान पुर्‍याउने विश्वासका साथ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा आर्थिक सहयोग गरेको हो।

बैंकले बाढी तथा प्राकृतिक विपद्मा परी ज्यान गुमाउने सम्पूर्ण व्यक्तिप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनप्रति गहिरो समवेदना व्यक्त गरेको छ।

HIMALAYAN LIFE
Banking Sansar Mobile App

प्रतिक्रिया दिनुहोस्