बाढी प्रभावित बैंकका सिइओहरुसँग गभर्नरको छलफल

काठमाडौं । रसुवामा आएको बाढीबाट बैंकिङ क्षेत्रमा परेको असरबारे नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्वनाथ पौडेलले प्रभावित बैंकका सिइओहरूसँग छलफल गरेका छन् । गभर्नर पौडेलसहित डेपुटी गभर्नरद्वय किरण पण्डित र दीर्घबहादुर रावलले सोमबार प्रभावित बैंकरहरूसँग सामूहिक छलफल गरेका हुन् ।

छलफलका क्रममा राष्ट्र बैंकको टोलीले बाढीबाट बैंक तथा वित्तीय संस्थामा भएको क्षति, प्रभावित क्षेत्रमा बैंकिङ सेवा सञ्चालनको अवस्था र सेवा नियमित गर्न देखिएका चुनौतीबारे जानकारी लिएको थियो ।

रसुवाको भोटेकोसी क्षेत्रमा आएको भीषण बाढीका कारण बैंक तथा वित्तीय संस्थाका कार्यालय, पूर्वाधार तथा कर्मचारीसमेत प्रभावित भएका छन् ।

बाढीपछि प्रभावित क्षेत्रमा बैंकिङ सेवा सञ्चालनमा समेत चुनौती देखिएको छ ।

HIMALAYAN LIFE
Banking Sansar Mobile App

प्रतिक्रिया दिनुहोस्