हिमालयन बैंकका नवनियुक्त अध्यक्ष डा. बैकुण्ठ अर्यालद्वारा सपथ ग्रहण

काठमाडौँ। हिमालयन बैंकका अध्यक्ष डा. बैकुण्ठ अर्यालले ग्रहण गरेका छन् । भदौ १५ गते सोमबार नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्वनाथ पौडेलसमक्ष अर्यालले पद तथा गोपनीयताको सपथ ग्रहण गरेका हुन् ।

बैंक सञ्चालक समितिको बैठकले पूर्वमुख्य सचिव बैकुण्ठ अर्याललाई अध्यक्षमा नियुक्त गरेको थियो।

अर्यालले नेपाल सरकारको मुख्यसचिवका रूपमा समेत काम गरिसकेका व्यक्ति हुन्।  यसअघि बैंकको अध्यक्ष प्रचण्डबहादुर श्रेष्ठ रहेका थिए। उनले दिएको राजीनामा बैंक सञ्चालक समितिको बैठकले स्वीकृत गरेको हो ।

राजीनामा स्वीकृत भएपछि बैंकको अध्यक्षमा बैकुण्ठ अर्याल नियुक्त भएका हुन्। यो पनि हेर्नुहोस्:

हिमालयन बैंकको अध्यक्षमा बैकुण्ठ अर्याल नियुक्त

HIMALAYAN LIFE
Banking Sansar Mobile App

प्रतिक्रिया दिनुहोस्