धादिङको मलेखु खोलाको किनारमा भेटियो बैंकको अर्को सेफ, सबै पैसा सुरक्षित, जिल्ला प्रशासन कार्यालयमा बुझाइयो सेफ !

काठमाडौँ। बैंकको अर्को सेफ (भल्ट) पनि फेला परेको छ । रसुवा जिल्लाको टिमुरे आसपासको क्षेत्रमा आएको विशाल बाढीका कारण बगाएर ल्याएको बैंकको अर्को सेफ (भल्ट) फेला परेको हो।

बैंकको भल्ट धादिङको मलेखु खोलाको किनारमा फेला परेको छ ।

फेला परेको उक्त भल्टलाई जिल्ला प्रशासन कार्यालयमा राखिएको बुझिएको छ। बाढीले बगाएर ल्याएको बैंकको अर्को सेफ फोडी रकम लुटेको आरोपमा २९ जना पक्राउ परेका थिए ।

नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको संयुक्त टोलीले उनीहरूलाई करिब ९२ लाख रुपैयाँसहित पक्राउ गरेको थियो।

बाढीले बगाएको बैंकको सेफ फोडेर लुटपाट, ९२ लाखसहित २९ जना पक्राउ

HIMALAYAN LIFE
Banking Sansar Mobile App

प्रतिक्रिया दिनुहोस्