काठमाडौँ। रसुवाको भोटेकोशी नदीमा तिब्बततर्फबाट आएको अचानकको भीषण बाढीबाट भएको जनधनको क्षतिप्रति नेपाल वित्तीय संस्था कर्मचारी संघ, राष्ट्रिय समितिले गहिरो दुःख व्यक्त गर्दै प्रभावित नागरिकको उद्धार, राहत तथा पुन:स्थापनालाई तीव्रता दिन नेपाल सरकारसँग आग्रह गरेको छ।
संघले बाढीका कारण बैंक, बीमा तथा अन्य वित्तीय संस्थामा कार्यरत कर्मचारी तथा उनीहरूका परिवारजन प्रभावित भएको तथा वित्तीय संस्थाका कार्यालय, भौतिक संरचना र सम्पत्तिमा समेत क्षति पुगेको जनाएको छ। विपद्को अवस्थामा कर्मचारीले आफ्नो तथा परिवारजनको सुरक्षालाई पहिलो प्राथमिकतामा राख्न, जोखिमयुक्त क्षेत्रमा नजान र सम्भव भएसम्म सुरक्षित स्थानमा रहन संघले अपिल गरेको छ।
संस्थागत कार्यसम्पादनभन्दा कर्मचारीको जीवन तथा सुरक्षा सर्वोपरि हुने भन्दै संघले जोखिमपूर्ण अवस्थामा आवश्यक सुरक्षा सावधानी अपनाउन सम्बन्धित वित्तीय संस्थाहरूलाई समेत आग्रह गरेको छ।
अचानक आएको बाढीका कारण रसुवासहित नुवाकोट, धादिङ, गोरखा र चितवनका नदी तटीय क्षेत्रमा समेत जोखिम बढ्न सक्ने भन्दै संघले नदी तटीय तथा जोखिमयुक्त क्षेत्रमा रहेका नागरिकलाई उच्च सतर्कता अपनाउन र सुरक्षित स्थानमा रहन अनुरोध गरेको छ।
संघले बाढी प्रभावित क्षेत्रमा खोज तथा उद्धार कार्य तीव्र बनाउन, प्रभावित नागरिकलाई तत्काल राहत तथा आवश्यक मानवीय सहायता उपलब्ध गराउन र सम्भावित थप जोखिम न्यूनीकरणका लागि राज्यका सम्पूर्ण संयन्त्र परिचालन गर्न सरकार तथा सम्बन्धित निकायसँग आग्रह गरेको छ। साथै, जोखिमयुक्त तथा प्रभावित क्षेत्रमा अनावश्यक यात्रा नगर्न र उद्धार तथा राहत कार्यमा अवरोध नपुग्ने गरी सहयोग गर्न आम नागरिकलाई अपिल गरेको छ।
प्रधानमन्त्रीको अध्यक्षतामा बसेको विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को बैठकले उद्धार, राहत तथा प्रभावकारी समन


