बाढीको वितण्डा: बैंकहरुको करोडौँ नगद बग्यो, अरवौं लगानी क्षणभरमै ध्वस्त, बैंकका केहि कर्मचारीहरुको खोजीकार्य जारी !

काठमाडौँ । रसुवामा आएको बाढीका कारण बैंकहरुको अरवौं लगानी क्षणभरमै बगेको छ । बाढीका कारण थुप्रै घर, गाडी, अन्य पूर्वाधारहरु पनि बगेका छन् । यसको सिधा असर बैंकहरुको ब्यालेन्स सिटमा देखिने पक्कापक्की जस्तै भएको छ ।

हालसम्म प्राप्त सूचना अनुसार बाढीले कुमारी बैंक टिमुरे शाखा, माछापुच्छ्रे बैंक लिमिटेड टिमुरे शाखा, नबिल बैंक लिमिटेड टिमुरे शाखा, लक्ष्मी सनराइज बैंक, नेपाल इन्भेस्टमेन्ट मेगा बैंक, ग्लोबल आईएमई बैंक र  सानिमा बैंकको टिमुरे शाखाहरू बगाएको पाइएको हो।

बाढीका कारण बैंकका केहि कर्मचारीहरु सम्पर्कविहीन भएका छन् । बैंकमा रहेको करोडौँ रकम पनि बाढीले बगाएको छ ।

HIMALAYAN LIFE
Banking Sansar Mobile App

प्रतिक्रिया दिनुहोस्