DISH HOME

महालक्ष्मी विकास बैंकको नयाँ शाखा सानो भर्याङ विस्तार, हेर्नुहोस्, कति स्थानमा पुग्यो शाखा सञ्जाल ?

Mahalaxmi bikash bank
  • बैंकिङ संसार 
काठमाडौँ । महालक्ष्मी विकास बैंकले काठमाण्डौको सानो भर्याङमा नयाँ शाखा कार्यालय सञ्चालनमा ल्याएको छ। बैंकले आफ्नो सेवा देशभर विस्तार गर्ने क्रममा सोमबारबाट साे शाखा औपचारिक रुपमा सञ्चालनमा ल्याएको हो।

उक्त शाखा महानगरपालिकाका वडा नं १५ का वडा अध्यक्ष ईश्वरमान डंगोल र बैंकका सञ्चालक समितिका सदस्य रुपेन्द्र पौडेल संयुक्त रुपमा समुद्घाटन गरे। बैँकका प्रमुख कार्यकारी अधिकृत कृष्णराज लामिछानले बैंकले ग्राहकको आवश्यकतालाई उल्लेख्य रुपमा सम्बोधन गर्दै आएकोले आगामी दिनमा अझै उत्कृष्ट सेवा दिने तथा बैँकिङ्ग सेवामा नेपाली जनताको पहुँच बढाउन बैँकले शाखा विस्तारको क्रमलाई निरन्तर अघि बढाइरहने प्रतिवद्धता जनाए। 
देशका शहरी तथा ग्रामीण क्षेत्रका विभिन्न स्थानहरुमा १०२ वटा शाखा तथा ३५ वटा एटिएमहरुमार्फत सेवा प्रदान गरिरहेको महालक्ष्मी विकास बैंकको ग्राहक संख्या करिब पाँच लाख रहेको छ ।

HIMALAYAN LIFE
Shangrila Dev Bank

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै