नेपाल लाइफका अभिकर्ताको आवाज -‘नालायक सिइओ’ राजिनामा दे !’, भएकोचाहिँ के हो ?

काठमाडौँ । नेपाल लाइफ इन्स्योरेन्सका अभिकर्ताहरु पुन: आन्दोलनमा होमिएका छन् । बीमा अभिकर्ता भेलामा लात्ती हानाहान भएको भोलिपल्ट पनि कम्पनीका अभिकर्ताहरु सीइओको राजिनामा माग्दै आन्दोलनमा होमिएका छन् । उनीहरुले नालायक सीइओ राजिनमा दे लगायतका नारा लगाईरहेका छन् ।

यता बुधबारमात्र कम्पनीका बीमा अभिकर्ताहरुलाई प्रहरीले नियन्त्रण लिएको खबर छ । कम्पनीले नै आएर हाम्रा अभिकर्ताहरुलाई समातेर लैजानुपर्यो भनेर बीमा अभिकर्ता भेलामा प्रहरी बोलाएपछि प्रहरीले कम्पनीका बीमा अभिकर्ताहरुलाई नियन्न्त्रणमा लिएको हो । विभेदकारी नीति लिएको, सीइओले हदैसम्म बदमासी गरेको, लगायतका आरोप लगाउँदै अभिकर्ताहरुले नाराबाजी गरेपछि कम्पनीले प्रहरी बोलाएको थियो ।

यता अभिकर्ता भेलाका नाममा आयोजना गरिएको कार्यक्रममा अवार्ड लिन गएकाहरु लात्ती खाएर फर्किएका छन् । नेपाल लाइफ इन्स्योरेन्सको बीमा अभिकर्ता भेलामा अवार्ड लिन गएका अभिकर्ताहरु, कम्पनीकै अरु अभिकर्ताहरुले नाराबाजी सुरु गरेपछि सुरु भएको लात्ता हानाहानमा परेपछि अन्तत: लात्ती खाएर फर्किएका हुन् ।

पछिल्लो समय कम्पनी विभिन्न विवादमा परिरहेको छ भने केहि समय अघि मात्र कम्पनी नियामक बीमा प्राधिकरणको कारवाहीमा समेत परिसकेको छ ।

नेपाल लाइफ इन्स्योरेन्सको अभिकर्ता भेलामा लफडा, सिइओलाई पक्राउ गर्न माग गर्दै मुर्दाबादको नारा !

नेपाल लाइफ इन्स्योरेन्सका आधा दर्जन अभिकर्ता एकपटक प्रहरी नियन्त्रणमा !

HIMALAYAN LIFE
Banking Sansar Mobile App

प्रतिक्रिया दिनुहोस्