पुराना चेक बाउन्ससम्बन्धी मुद्दामा पाँच वर्ष कै हदम्याद कायम (पूर्णपाठ)

काठमाडौँ। अब चेक बाउन्ससम्बन्धी मुद्दामा पाँच वर्ष कै हदम्याद कायम हुने भएको छ। चेक बाउन्स मुद्दाको हदम्याद सम्बन्धी दायर रिटमाथि भएको फैसलाको पूर्णपाठ सर्वोच्च अदालतले सार्वजनिक गरेको हो ।

सर्वोच्च अदालतले पुराना चेक बाउन्ससम्बन्धी मुद्दामा पाँच वर्ष कै हदम्याद कायम हुने जनाएको हो। जसअनुसार २०८३ साल असार १० गते भन्दा अघि बाउन्स भएका चेकका हकमा पाँच वर्षको हदम्याद लागू हुने भएको छ।

सरकारले ‘बैंकिङ कसूर तथा सजाय (दोस्रो संशोधन) ऐन, २०८२’ मार्फत चेक अनादरसम्बन्धी कसुरलाई विनिमय अधिकारपत्र ऐनबाट हटाएर बैंकिङ कसूर तथा सजाय ऐनअन्तर्गत समेटेको थियो । यसअघि विनिमय अधिकारपत्र ऐन, २०३४ अन्तर्गत चेक अनादर भएको मितिले पाँच वर्षभित्र मुद्दा दायर गर्न सकिने व्यवस्था थियो ।

तर, संशोधित बैंकिङ कसूर ऐनले भने चेक अनादरसम्बन्धी कसुरमा जाहेरी तथा मुद्दाका लागि एक वर्षको हदम्याद तोकेको थियो ।

चेक बाउन्स भएको एक वर्षभित्र मुद्दा दायर गर्न सकिने व्यवस्था छ। सोहि व्यवस्थाले एक वर्ष नाघेका तर ५ वर्ष पूरा नभएका चेक बाउन्सका घटनाका पीडित न्यायिक उपचारबाट वञ्चित हुनसक्ने दाबीसहित सर्वोच्चमा रिट दायर भएको थियो ।

सोही रिटमाथी सुनुवाइ गर्दै सर्वोच्चले पुराना चेक बाउन्स सम्बन्धी मुद्दामा ५ वर्षकै हदम्याद कायम हुने जनाएको हो। यो हेर्नुहोस्:

NOTICE ADALAT

HIMALAYAN LIFE
Banking Sansar Mobile App

प्रतिक्रिया दिनुहोस्