मेरोमाइक्रोफाइनान्स लघुवित्तका नवनियुक्त अध्यक्षले लिए शपथ

काठमाडौँ। मेरोमाइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडको सञ्चालक समितिका नवनियुक्त अध्यक्षले शपथ लिएका छन् । लघुवित्तका नवनियुक्त अध्यक्ष नेपाल भूषण श्रेष्ठले शपथ लिएका हुन् ।

नेपाल राष्ट्र बैंकमा सोमबार आयोजित एक कार्यक्रममा नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक रामु पौडेलले श्रेष्ठलाई पद तथा गोपनियताको शपथ ग्रहण गराएका हुन् ।

संस्थाका जेष्ठ संचालक ज्ञानुकृष्ण अधिकारीको अध्यक्षतामा बसेको संस्थाको १९४औँ सञ्चालक समिति बैठकले नेपाल भूषण श्रेष्ठ (प्राइम कमर्सियल बैंक लि.का प्रतिनिधि) लाई अध्यक्षमा सर्बसम्मत चयन गरेको थियो ।

HIMALAYAN LIFE
Banking Sansar Mobile App

प्रतिक्रिया दिनुहोस्